काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को १४ सदस्यीय टोली अन्तिम सूची जारी गरेको छ। टोलीमा करण केसी मात्रै नयाँ खेलाडी हुन्। नामीवियामा जनवरी १७ देखि २४ सम्म हुने खेलको अन्तिम सूचीमा नपरेका चार खेलाडीलाई रिजर्भ पुलमा राखिएको छ।
करण अल राउन्डर मेहबुब आलमको स्थानमा अन्तिम १४ मा परेका हुन्। करणको पहिलो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता हो। करण बाहेक १३ खेलाडी अक्टोबर २३-३० मा मलेसियामा भएको डिभिजन थ्रीमा सहभागी थिए। क्यानअनुसार टोलीमा कप्तान पारस खड्का, उप कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, सोमपाल कामी, सुवास खकुरेल, बिनोद भण्डारी, नरेश बुढायर, शरद भेषवाकर, अमृत भट्टराई, आरिफ शेख करण र भुवन कार्की सदस्य छन्। महबुबसँगै राहुल विश्वकर्मा, रामनरेश गिरी, राजेश पुलामी रिजर्भ प्लेयरका रुपमा रहेका छन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने