लन्डन । नखिपोट ब्याडमिनटन संघ यूकेको अध्यक्षमा निर्मला थापा निर्वाचित भएकी छिन् ।
संघको शनिबार सम्पन्न साधारण सभाले थापाको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चुनेको हो । समितिको उपाध्यक्षमा खेम लिम्बु, महासचिब कुलबहादुर राई, सचिव चन्द्र राना, कोषाध्यक्ष प्रेम शिरिस, सहायक कोषाध्यक्ष सूर्य लिम्बू, सञ्चार प्रतिनिधि मिलन चन्द्र राई, महिला प्रतिनिधि इन्द्र पुन, क्षेत्रिय प्रतिनिधिहरुमा निर्मल शिरिस, दुत गुरुङ, अमर सेश लावती, नेत्र गुरुङ र राजेन गुरुङ रहेका छन् ।
संघको साधारणसभाको प्रथम सत्र आस स्पोर्टस् सेन्टर सर्रेमा ब्याडमिण्टन खेलका साथ भएको थियो । बेलुकी भेटघाट रेस्टुरेन्टमा अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । उपाध्यक्ष प्रेम गुरुङको स्वागत मन्तब्य, महासचिव निर्मला थापा तथा कोषाध्यक्ष खेम लिम्बुबाट वर्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो । सभाका अध्यक्षले कार्यसमितिको पदावधि समाप्त भएको घोषणासहित सभालाई बिसर्जन गरेपछि निर्वाचन मण्डलका संयोजक नारायण कोन्मेको अध्यक्षतामा सदस्यहरु प्रेम गुरुङ, कृष्ण घोतानेको संयुक्त निर्वाचन मण्डलले नयाँ कार्यसमितिको चयन गरेको थियो ।
निर्वाचित सदस्यहरुलाई प्रमुख अतिथि श्रीमती रुक्मिणी पुन तथा निर्वाचन आयुक्त नारायण कोन्मेबाट खादाबाट बधाई ज्ञापन गरेका थिए भने निवर्तमान अध्यक्ष कृष्ण पुन र उपाध्यक्ष प्रेम गुरुङ्लाई संस्थाप्रति पुरयाएको योगदानको कदर गर्दै निर्वाचन मण्डलका सदस्य कृष्ण घोतानेबाट खादा लगाई दिएर शुभकामना तथा धन्यबाद ब्यक्त गरिएको थियो । अन्तमा बुझबुझारथको कार्य सकी निर्वाचन आयुक्तबाट सभा विसर्जन गरिएको थियो ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी