
इस्लामावाद, पाकिस्तान, २३ वैशाख – पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ ।
इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो ।
खानले भन्नुभयो, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । इकबाल खतरामुक्त हुनुहुन्छ ।”
प्रहरीले आक्रमणकारीलाई समातिसकेको र अनुसन्धान अगाडी बढेको उहाँले बताउनुभयो । यसबारे थप जानकारी आउन बाँकी छ ।
यसैबीच प्रधानमन्त्री शहीद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै घाइते मन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
गृहमन्त्रीमाथिको आक्रमण शनिबार प्रधानमन्त्री अब्बासीले निर्वाचन विदेशी (एलियन) शक्तिले गराउने छ तर पनि पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले सहभागिता जनाउने छ भनी प्रतिनिधिसभाका सभामुख सरदार आयाज सद्दिकले पाकिस्तानी तल्लो सदनका सदस्यलाई दिएको स्वागत समारोहमा सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा बताएपछि भएको छ ।
अब्बासीले शनिबार आँफ्नो दलको प्रतिष्पर्धा पाकिस्तानी पिपुल्स पार्टी (पिपिपी) का सहअध्यक्ष असिफ अलि जर्दारी र पाकिस्तान तेहरिक–आई–इन्साफका अध्यक्ष इमरान खानसँग नभई एलियन्ससँग हुने बताउनुभएको थियो ।
पाकिस्तानमा आगामी महिना संघीय निर्वाचन हुने अपेक्षा गरिएको छ । यद्यपि सत्ताधारी दल र विपक्षी दलबीचको जुहारीले निर्वाचन हुनेमा पनि आशंका गर्न थालिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते