झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । झापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को बुधबार उद्घाटन गर्दै उनले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ-आफ्नो ठाउँबाट जुट्नसमेत आग्रह गरे ।
“यो सरकारले अब कृषि, उद्योग, व्यापार, पर्यटनलगायत सबै क्षेत्रको विकास गरी समग्र क्षेत्रबाट मुलुकलाई अब्बल सावित गर्छ”–प्रधानमन्त्री ओलीले भने ।
दमक नगरपालिका–६ मा रु एक करोड ३५ लाखको लागतमा नमूना बजार तयार गरिएको छ । पार्कसहितको नमूना बजारमा पानीको फोहोरा, फूलबारी, आराम चियर, विभिन्न आर्कषक लाईटसमेत जडान गरिएको छ ।
दमक नगरपालिकाको रु एक करोड २० लाख र बाँकी उपभोक्ताको लगानीमा नमूना बजार निर्माण गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए ।
सो अवसरमा नमूना बजारको परिकल्पनाकार दमक नगरपालिकाका निवर्तमान कार्यकारी अधिकृत युवराज दाहाललाई सम्मानसमेत गरिएको थियो ।
नमूना बजारको बीचमा लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले पानीको फोहोरा बनाएको हो । लायन्स स्तम्भ र त्यसमाथि भएको सिंहको प्रतीकले यहाँको आकर्षण बढाएको भन्दै प्रधानमन्त्री ओलीले लायन्स क्लबलाई धन्यवाद दिए ।
‘प्रदेशको नाम र राजधानी तोक्न ढिला नगर्नुहोस्’
प्रदेश नं १ को नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गरेका छन् । “सप्तकोसी, सगरमाथा यही प्रदेशमा पर्छ”–प्रधानमन्त्री ओलीले भने, “प्रदेश नं १ को नामाकरण र राजधानी तोक्न अब के ले रोक्यो ?”
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, “सप्तकोसी र सगरमाथा भएको प्रदेशमा नामको अभाव कसरी हुन्छ ?”
विकासका लागि राजधानी नै बन्नुपर्छ भन्ने छैन भन्दै प्रधानमन्त्री ओलीले थपे, “राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न अब ढिलाई नगर्नुहोस् ।”
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]