काठमाडौँ- ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ ।
यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको बंगालीको विश्वास गरी नयाँ बन्दै गरेको घरको भूइँतलाको कोठामा बस्न जाँदा उनीमाथि उक्त घटना भएको दूतावासले जनाएको छ ।
नयाँ घरको उक्त कोठामा साँझ पाँच जनाको हुल आई आफूमाथि अमर्यादित काम भइसकेपछि पोल खुल्ने डरले मारेर फाल्ने योजना पीडितले सुनेपछि शौचालयबाट राति २ बजे प्रहरीलाई खबर गरेकी थिइन् ।
उक्त खबरपछि ओमान प्रहरीले उद्धार गरी ल्याएको र दूतावासको सक्रियतामा विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।
उनी गत माघ ३ गते कामको खोजीमा भारतको नयाँ दिल्ली, युएई हुँदै ओमान गएकी थिइन् । मालिकले समयमा तलब नदिने, पेटभरी खान नदिने, गाली गर्ने लगायत कारणले उनी काम गर्दै आएको घर छाडी अर्को घरमा अवैध रुपमा घरेलु काम गर्दै आएकी थिइन् ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक