काठमाडौँ- ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ ।
यही वैशाख १४ गते नयाँ कामको खोजीमा ओमानकै माबेलामा जाँदै गर्दा बुटवल– १३ निवासी युवती आजाद नामको बंगालीको विश्वास गरी नयाँ बन्दै गरेको घरको भूइँतलाको कोठामा बस्न जाँदा उनीमाथि उक्त घटना भएको दूतावासले जनाएको छ ।
नयाँ घरको उक्त कोठामा साँझ पाँच जनाको हुल आई आफूमाथि अमर्यादित काम भइसकेपछि पोल खुल्ने डरले मारेर फाल्ने योजना पीडितले सुनेपछि शौचालयबाट राति २ बजे प्रहरीलाई खबर गरेकी थिइन् ।
उक्त खबरपछि ओमान प्रहरीले उद्धार गरी ल्याएको र दूतावासको सक्रियतामा विभिन्न स्थानबाट अभियुक्तलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ ।
उनी गत माघ ३ गते कामको खोजीमा भारतको नयाँ दिल्ली, युएई हुँदै ओमान गएकी थिइन् । मालिकले समयमा तलब नदिने, पेटभरी खान नदिने, गाली गर्ने लगायत कारणले उनी काम गर्दै आएको घर छाडी अर्को घरमा अवैध रुपमा घरेलु काम गर्दै आएकी थिइन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो