रुपन्देही, १५ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ ।
उहाँले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुम्बिनी रहेको छ भन्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ ।’ उहाँले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको छ भन्नुभयो ।
उहाँले अन्तर्राष्टिय बौद्ध सम्मेलनले धार्मिक पर्यटनलाई बढवा दिनाका साथै अन्तर्राष्टिय सम्बन्ध र व्यवहार बढाउनसमेत सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो, ‘ग्रेटर लुम्बिनीसँगै मनोरेललगायतका विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।’
पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाललाई शान्ति वार्ताको थलो र बौद्धसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न पहल गरिने बताउनुभयो ।
उहाँले विगतमा भएका अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धको जन्म नेपालको लुम्बिनीमा नै भएको र त्यसलाई पाठ्यक्रममा समेट्ने विषयमा भारतले समेत समर्थन गरेको उल्लेख गर्दै नेपाल बौद्ध दर्शनको स्रोतका रुपमा समेत स्थापित हुन सक्छ भन्नुभयो ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती व्यवस्थापन समितिका संयोजक तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई निरन्तरता दिन खोजिएको र त्यसले बुद्धसँग सम्बन्धित सबै विषयलाई स्थापित गर्न लागेको बताउनुभयो ।
उहाँले बुद्ध दर्शन जीवन पद्धति, नैतिक आचरण, काममा एकाग्रता भएकामा जोड दिँदै लुम्बिनीको पुरातात्विक र ऐतिहासिक विषयले बौद्ध दर्शनलाई स्थापित गर्न सघाउ पुग्न सक्छ भन्नुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्यले सम्मेलनमा भगवान गौतमबुद्धको जन्मस्थल पुरानो शाक्यको राजधानी हो र बुद्धको उद्भवस्थल पनि हो भन्ने प्रमाणित गर्न सम्मेललन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा तेइस देशका विभिन्न मुलुकबाट बौद्धसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । दुई दिनसम्म चल्ने सो सम्मेलनमा ७० जना विदेशी प्रोफेसर, प्रकाण्ड धर्मगुरु र बौद्ध विद्वान्को सहभागिता छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते