काठमाडौँ-यस वर्षको वसन्त ऋतुमा (याम) सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार वैशाख ७ गतेसम्म सगरमाथासहित विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६९८ जनाले आरोहण अनुमति लिइसकेका छन् । यी मध्ये सगरमाथा आरोहणका लागि चार नेपालीसहित ३८ वटा टिमका ३४६ पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिएका धेरै टिम वेसक्याम्प पुगिसकेका छन् भने सम्पर्क अधिकृत पनि खटिएको विभागले जनाएको छ ।
अघिल्लो वर्ष सन् २०१७ को यही याममा १०८ टिमका ८३८ आरोहीले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ४३ वटा टिमका ३३६ आरोही सगरमाथा आरोहणमा गएका थिए ।
सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि अझै केही दिन आरोहण अनुमति दिने बताइएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले हिमाल आरोहणको याम अझै एक महिना बाँकी रहेकाले सगरमाथा बाहेकका अन्य हिमाल आरोहणका लागि आरोही बढ्ने सम्भावना रहेको बताए ।
सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि ९ टिमका ९६ जनाले अनुमति लिएका छन् । यस्तै, कञ्चनजंघा हिमाल आरोहण गर्न पाँच टिमका ४४ जना, अमादब्लम हिमालका लागि चार टिमका २८ जना, धवलागिरि हिमालका लागि तीन टिमका ३४ जना र मकालु हिमालका लागि तीन टिमका २७ जनाले आरोहणको तयारी गरेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते