लन्डन । नेपालका लोकप्रिय गायक विमलराज क्षेत्री आफ्नो कला प्रस्तुत गर्न बेलायत आउने भएका छन् । पर्वत वेलफेयर सोसाइटी यूकेको निमन्त्रणामा क्षेत्री बेलायत आउन लागेका हुन् ।
सोसाइटीले यही २१ अप्रिल शनिबार अल्डरसटस्थित एम्पायर हलमा गर्न लागेको ‘नयां वर्ष शुभकामना सांझ’ मा गाउन क्षेत्रीले भिजा पाइसकेको संस्थाले जनाएको छ ।
उक्त कार्यक्रममा चर्चित कलाकारहरुका साथ डिनर, डान्स र डिजेबाट भरपुर मनोरन्जन प्रदान गरिने पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यले जनाए । आचार्यले सबैलाई सहभागी भएर शुभकामना आदानप्रदान तथा मनोरन्जन लिन आव्हान गरेका छन् । कार्यक्रममा नेपालकै अर्का राष्ट्रिय कलाकार रमेशराज भट्टराईले समेत साथ दिने छन् ।
कार्यक्रममा पर्वतबाट बेलायत आएर जिल्लाको नाम उचो राख्न योगदान पुरयाउने मिस नेपाल यूके २०१७ सिर्जना गुरुङ, व्यवसायी रवि लामिछाने, मेजर धिर पुन, मेजर तथा डाक्टर जगनाथ शर्मा, एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, ग्लोवल पर्वतका अध्यक्ष पुरन गिरी, समाजसेवी चन्द्रबहादुर गुरुङ, मिठुलाल विश्वकर्मा, पत्रकार तथा व्यवसायी हरिकाजी गुरुङ, अभिनेता ध्रुव दत्त, समाजसेवी गोलमान गुरुङ आदिलाई सम्मान गरिने सोसाइटी अध्यक्ष आचार्यले जानकारी दिए ।
उक्त कार्यक्रम संयोजन सन्जिव गुरुङले गरेका छन्।
आचार्यको नेतृत्वमा सोसाइटीले नेपालमा कयौं कल्याणकारी काम गरिसकेको छ । संस्थाले पर्वत जिल्लाको सदरमुकाम कुश्मास्थित शिवालय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको लागि १० लाखको अक्षयकोष स्थापना गरेको छ भने भूकम्पको बेलामा आठवटा विद्यालयको पुनर्निर्माणमा पनि सहयोग गरेको थियो । यी बाहेक मानवीय समस्या जस्तै- मृगौला, क्यान्सर पीडित र घरवार विहीनलाई आर्थिक सहयोग देखि राष्ट्रिय महत्वको विषय महावीर पुनको आविष्कार केन्द्रलाई समेत सहयोग गरिएको आचार्य बताउंछन् ।
गायक विमलराज क्षेत्रीको गीत भिडियोमा हेर्नुहोस्-
https://www.youtube.com/watch?v=vc-LO-kWif8&feature=youtu.be
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट