नयाँ मिस नेपाल श्रृंखला खतिवडा वौद्धिक सुन्दरीका रुपमा मिडियामा छाएकी छन् । मिठो प्रस्तुती शैली र शानदार ब्यक्तित्वका कारण उनको चर्चा चुलिएका छन् ।
हेटौंडाकी यी २२ वर्षीया सुन्दरीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘आर्किटेक्ट इन्जिनियरिङ’ मा स्नातक गरेकी छन् । लेखनप्रति पनि उत्तिकै रुची राख्ने उनी भविष्यमा प्रसिद्ध आर्किटेक्ट इन्जिनियर बन्ने सपना पालेकी छन् ।
राजनीतिक परिवारमा हुर्केकाले होला, उनको बोल्ने शैली पनि ओजनदार छ । उनी हेटौंडा क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु खतिवडा एमालेको एकमात्र जिल्ला अध्यक्ष हुन् । मुनु प्रदेश नं. ३ की एमालेकोतर्फबाट समानुपातिक सांसद समेत हुन् ।
त्यसैले श्रृंखलाको तार्किक बोलाइ र प्रस्तुती शैलीको पनि तारिफ भइरहेको छ । र, सँगसँगै उनको प्रेम सम्बन्धलाई पनि अनलाइन मिडियाहरुले चर्चाको विषय बनाएका छन् । ती अनलाइन मिडियाहरुको दाबी के छ भने उनका ब्वाइफ्रेण्डको नाम प्रसंग पन्त हो ।
अनलाइनहरुकाअनुसार २६ वर्षीय पन्त अहिले अष्ट्रेलियामा पढिरहेका छन् । उनको स्थायी घर भने काठमाडौं हो ।
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट