लण्डन । मगर सङ्घ युके केन्ट शाखाको अध्यक्षमा उत्तर मगर निर्वाचित भएका छन् ।
शाखाको अाज सम्पन्न अधिवेसनले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि सोही शाखामा उपाध्यक्ष रहेका थिए । शाखाको उपाध्यक्षमा विजय हितान मगर, महासचिवमा लाल थापा, सचिवमा होम रोका र कोषाध्यक्षमा नुनबहादुर आलेमगर निर्वाचित भएका छन् ।
सदस्यहरुमा साँस्कृतिक सेक्रेटरी अोम थापा, सहायक सेक्रेटरीमा अोमकुमारी पुन, मिडिया सेक्रेटरीमा दिल थापा लगायत रहेका छन् ।
शाखाका अध्यक्ष क्याप्टेन पदमलाल आलेको अध्यक्षतामा सम्पन्न पाँचाैं अधिवेसनमा नयाँ कमिटी चयनका लागि क्याप्टेन कमल राना, क्याप्टेन नानीबाबु मगर र भरत थापा रहेको निर्वाचन समिति बनाइएको थियो ।
अधिवेसनले शाखाका सल्लाहकारहरुमा पदमलाल आले, चित्रबहादुर राना, कमल राना, राम पुन, घन थापा, टीका राना, हिक्मत रोका लगायतलाई सल्लाहकारमा चयन गरेको छ ।
महासचिव काशीराम थापामगरले कार्यक्रम सन्चालन गरेका थिए ।
तस्वीरहरु हिक्मतसिंह रोकाबाट
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो