
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले पुरानो प्रतापपुर क्षेत्रबाट नियन्त्रणमा लिईएको नरभक्षी बाघ । मकवानपुरको प्रतापपुर क्षेत्रमा मान्छे मारेको उक्त बाघलाई खोरमा राखेर चितवन ल्याईएको छ । तस्वीर सौजन्य – पुरुषोत्तम पाण्डे/रासस
रत्ननगर, चितवन, १३ चैत – मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आज साँझ नियन्त्रणमा लिएको छ ।
साँझ ६.१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताउनुभयो ।
टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उक्त बाघलाई निकुञ्जको पुर्वी सेक्टर कार्यालय सौराहामा राखिने र बुधबार मुख्य कार्यालय कसरामा पठाइने जनाइएको छ । उक्त बाघ करिब चार-पाँच वर्षको भाले रहेको अर्यालले बताउनुभयो ।
मकवानपुरको मनहरि गाउँपालिका ७ रमौली प्रतापपुरमा उक्त बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
त्यसलगत्तै चितवन र पर्साबाट पशु चिकित्सक, प्राविधिक, स्थानीय मध्यवर्तीका प्रतिनिधि र नेपाली सेनासहित ५० जनाको टोली डाटगनसहित बाघ नियन्त्रणका लागि खटिएको थियो । त्यस्तै बाघ नियन्त्रणका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको चार हात्तीसमेत परिचालन गरिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते