काठमाडौँ, ३ चैत – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।
“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुन्छ, चिनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ मै निमन्त्रणा गरिएको थियो, सरकार परिवर्तन भएका कारण उहाँको भ्रमण हुनसकेन, यसपटक अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराइनेछ”–उहाँले भन्नुभयो ।
गत महिना पाकिस्तानी प्रधानमन्त्रीले गर्नुभएको भ्रमण सद्भाव र रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन गर्ने विषयमा केन्द्रित भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।
गम्भीर मानवीय संकट उत्पन्न हुने गरी सिरियामा शक्ति राष्ट्रको स्वार्थका कारण भएको युद्धमा बालबालिकासमेत शिकार बनेकाले युद्धविराम हुनुपर्ने सरकारी धारणा पनि उहाँले सार्वजनिक गर्नुभयो ।
“संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपालले पुरयाएको योगदान अनुसार पहुँच पुग्नसकेको छैन, शान्ति सेना पठाउने देशमा नेपाल छैटौँ, सातौँमा पर्छ, त्यस अनुसारको भूमिकाका लागि मेरो कार्यकालमा यसलाई उठाउने प्रयास गर्नेछु”–मन्त्री ज्ञवालीले भन्नुभयो ।
नेपाली भूमिलाई कुनै मित्रराष्ट्रविरुद्ध प्रयोग हुननदिने उहाँको प्रतिबद्धता थियो । भारत र चीनबीच नेपालको सम्बन्ध एक अर्काको विकल्पका रुपमा नभइ आवश्यकताका आधारमा हुने नीति मन्त्रालयले अख्तियार गर्ने परराष्ट्रमन्त्रीले बताउनुभयो ।
नेपाल अध्यक्ष राष्ट्र भएकाले सार्क सम्मेलन गराउन पहल गर्ने कामलाई पनि प्राथमिकता दिइने उहाँले सुनाउनुभयो ।
अन्तर्राष्ट्रियमञ्च बिम्स्टेक लगायतमा नेपालको उपस्थितिलाई बलियो बनाइने मन्त्री ज्ञवालीको प्रतिबद्धता छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता