काठमाडौं। कालिकोटबाट कैलालीको टिकापुर जाँदै गरेको बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत पोखरीकाँडा गाविसको कालेखोलामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। जितेगाडा बजारबाट छुटेको मध्यपश्चिम यातायात समितिको ना४ख ६८५७ नम्बरको बस साँझ करिब सात बजे सडकदेखि भीरमा खसेको थियो। दुर्घटनामा परि ५० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुको उपचार सुर्खेतको विरेन्द्रनगर र केहीको नेपालगञ्जमा हुँदै छ।
स्थानीय अधिकारीहरुले रातभर उद्दार कार्य चलेको बताएका छन्। घटनास्थलमा रहेका प्रहरीले दिएको जानकारीअनुसार करिब ५० जना घाइते छन्। बसमा धेरै जसो यात्रु कालिकोट र बाजुराको रहेको र उनीहरु मजदुरीको लागि भारत जादै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जितेगडामा लिएको बसको चलानीमा ३६ जनाको मात्र नाम रहे पनि बीच बाटोमा चढेका समेत गरेर ६६ जना यात्रु रहेको बताइएको छ ।
यसै महिनाको शुरुमा सुर्खेत जिल्लामै भएको बस दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको थियो।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण