छोरीका रुपमा निशा कौरलाई ‘एडप्ट’ गरेपछि एक पटक फेरि सन्नी लियोनी र डेनियल बेबरले आफ्ना फ्यानहरुलाई नयाँ खबर दिएका छन् । सन्नी केही हप्ताअघि जुम्ल्याहा छोराकी आमा बनेकी छिन् ।
उनीहरुले दुवैले आफ्ना छोराहरुको नाम अशार सिंह वेबर र नूह सिंह वेबर राखेका छन् । सन्नीले यो कुरा माइक्रोब्लगिङ साइट ट्वीटरमा पोष्ट गरेकी छिन् । ट्वीटरमा पोष्ट गरिएको फोटोमा सन्नी र डेनियल आफ्ना दुई वटा छोरासँगै देखिएका छन् ।
फोटोसँगै सन्नीले एउटा पोष्ट पनि गरेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘भगवानको योजना । २१ जुन २०१७ त्यो दिन थियो, जब डेनियल र मैले यो अनुमान गरिसकेका थियौं कि अबको केही समयमै हाम्रा तीन वटा बच्चा हुनेछन् । हामीले योजना सहित फ्यामिली बनायौं । कयौ वर्षपछि अशार सिंह बेवर, नूह सिंह वेबर र निशा कोर वेबरसाथ हाम्रो परिवार पूर्ण भयो । हाम्रा छोराहरुको जन्म केही हप्ता पहिले भएको हो । तर, उनीहरु हाम्रो मुटु र आँखामा वर्षौदेखि जिउँदै थिए ।’
भावुक रुपमा प्रस्तुत भएकी सन्नीले अगाडि लेखेकी छिन्, ‘भगवानले हाम्रा लागि केही खास योजना बनाए र हामीलाई एक ठूलो परिवार दिए । अब हामी तीन सुन्दर बच्चाका गौरवशाली अभिभावक हौ । सबैका लागि सरप्राइज ।’
जुलाई २०१७ मा सन्नी र उनका पति डेनियलले महाराष्ट्रको लातुरबाट छोरी निशा कौरलाई ‘एडप्ट’ गरेका थिए । यसका लागि उनीहरुले त्यसको दुई वर्षअघि नै ‘अप्लाइ’ गरेका थिए ।
भारतीय समाचार माध्यमका रिपोर्टअनुसार सन्नीका दुई छोरा अशार र नूहको जन्म सेरोगेसीबाट भएको हो ।
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न