मुम्बई, १६ फागुन – गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ ।
भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए ।
विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उहाँको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो ।
दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उहाँको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो ।
सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’ मा डुबेर भएको जानकारी गराएको थियो ।
आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स जानु भएको थियो ।
सन् २०१३ मा भारत सरकारले उहाँलाई देशकै चौँथो ठूलो नागरिक सम्मान ‘पद्मश्री’ बाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गर्नुभएको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान