लन्डन । लोक दोहोरी र ठाडो भाकाका प्रख्यात गायक चन्द्र घले (पुराण काईंला) भिसी गजे घले अवार्डबाट सम्मानित भएका छन् । ल्होछारका अवसरमा हालै लमजुंगको बेशीशहरमा आयोजित एक समारोहमा घलेलाई भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमाणपत्रसहित एक लाख रुपैयां प्रदान गरे । लीःल फंग अन्तर्राष्ट्रिय समन्वय घले समाजले अवार्ड प्रदान गरेको हो ।
घलेले कलाकारितामा गरेको योगदान स्वरुप उक्त अवार्ड दिइएको लीःल फंग अन्तर्राष्ट्रिय समन्वय घले समाजका संयोजक धन घलेले बताए ।
नेपाली सांगीतिक आकाशमा चन्द्र घले लोक दोहोरी र ठाडो भाकाका गीतले परिचित छन् । उनलाई तीन चार रातसम्म लगातार गाउन सक्ने खुबी भएका कलाकारका रुपमा समेत लिइन्छ । गोरखा बारपाक, सुलीकोट गाउंपालिका वडा न १ निवासी उनलाई गाउंघरमा ‘पुराण काईंला’ उपनामले समेत बोलाउने गरिन्छ ।
बाल्यकालदेखि नै गीत गाउन रुची राख्ने पुराण काईंलाले घले भाषाका कयौं गीत र ठाडो भाकाका एल्बम समेत निकालेका छन् । उनले घले भाषामा ‘संगसो’, ‘श्युब- ख्यंड’ र ‘ङिन क्यचे’ (हाम्रो घले भाषा) निकालेका छन् । उनको गायिका कुमारी घलेसंग मिलेर ठाडो भाकाको नयां अल्बम समेत सार्वजनिक भएको छ । युट्यबमा समेत उनका गीत उपलव्ध छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार