काठमाडौँ, २ फागुन – नामिबियामा जारी आइसीसी डिभिजन २ प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपालले जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि टिकट पक्का गरेको छ । बुधबार भएको खेलको क्यानडामाथि १ विकेटको सनसनीपूर्ण नतिजा निकाल्दै नेपाल विश्वकप छनोटका लागि छानिएको हो ।
क्यानडामाथिको जितसँगै नेपालले समूह चरणको शीर्ष स्थानमा रह्यो । नेपालको हातबाट फुत्किसकेको खेल जिताउँदैं जिम्बाबेको टिकट काट्न करण केसी नायक बने । तीब्र गतिका बलर कलरले अन्तिम विकेटका लागि सन्दीप लामिछानेसँग ५१ रनको साझेदारी गरे । उनले ३ चौका र ४ छक्का प्रहार गर्दै ४२ रन जोडे ।
यस्तै, सन्दीप लामिछाने ५ रनमा नटआउट रहे । क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम ओभरको अन्तिम बलमा पूरा गरेको हो । ९ विकेट गुमाएको अवस्थामा नेपालको खातामा १ सय ४४ रन थियो । तर, दशौ विकेटका लागि सनसनीपूर्ण साझेदारी गर्दै करणले नेपाललाई जित दिलाएका हुन् ।
नेपालको जितमा ओपनर दिलिप नाथले ४१ रनको योगदान दिए । यस्तै, रोहित पौडेलले २७, आरिफ शेखले २६ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
क्यानडाका सेसिल प्रेभिज खानले ३ विकेट लिए । यस्तै निखिल दत र शाद बीन जाफरका नाममा दुई/दुई विकेट लिए भने डिलोन हेलिङगर र सतशिमरनजितको नाममा एक-एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।
क्यानडाको लागि ओपनर व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा