काठमाडौँ, २ फागुन – नामिबियामा जारी आइसीसी डिभिजन २ प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपालले जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि टिकट पक्का गरेको छ । बुधबार भएको खेलको क्यानडामाथि १ विकेटको सनसनीपूर्ण नतिजा निकाल्दै नेपाल विश्वकप छनोटका लागि छानिएको हो ।
क्यानडामाथिको जितसँगै नेपालले समूह चरणको शीर्ष स्थानमा रह्यो । नेपालको हातबाट फुत्किसकेको खेल जिताउँदैं जिम्बाबेको टिकट काट्न करण केसी नायक बने । तीब्र गतिका बलर कलरले अन्तिम विकेटका लागि सन्दीप लामिछानेसँग ५१ रनको साझेदारी गरे । उनले ३ चौका र ४ छक्का प्रहार गर्दै ४२ रन जोडे ।
यस्तै, सन्दीप लामिछाने ५ रनमा नटआउट रहे । क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम ओभरको अन्तिम बलमा पूरा गरेको हो । ९ विकेट गुमाएको अवस्थामा नेपालको खातामा १ सय ४४ रन थियो । तर, दशौ विकेटका लागि सनसनीपूर्ण साझेदारी गर्दै करणले नेपाललाई जित दिलाएका हुन् ।
नेपालको जितमा ओपनर दिलिप नाथले ४१ रनको योगदान दिए । यस्तै, रोहित पौडेलले २७, आरिफ शेखले २६ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
क्यानडाका सेसिल प्रेभिज खानले ३ विकेट लिए । यस्तै निखिल दत र शाद बीन जाफरका नाममा दुई/दुई विकेट लिए भने डिलोन हेलिङगर र सतशिमरनजितको नाममा एक-एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।
क्यानडाको लागि ओपनर व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी