
फिल्मी क्षेत्रको तालिमको लागि भारत जान लागेका नेपाली फिल्मी तथा नाटकका कलाकारहरुका साथमा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी भारतीय राजदूतावासमा । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २७ माघ – नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालिम लिँदै छन् ।
यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई) ले उपलब्ध गराउने तालिममा रासा सिद्धान्त, बोध सम्झाना, प्रस्तुति, दृश्यात्मक कार्य तथा ओठ तुल्यकालनजस्ता विषयमा जानकारी उपलब्ध हुनेछ ।
तालिम अवधिभर भारतीय कलाकारसँग कार्यशाला, नृत्य, योगा तथा बम्बईस्थित चर्चित सुटिङस्थलको दृश्यावलोकन गराइने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपाली कलाकारलाई भारत सरकारले उपलब्ध गराएको पहिलो अवसरले चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले जानकारी दिनुभयो ।
भारतीय दूतावासमा आज आयोजित कलाकारसँगको अन्तरक्रियापछि राजदूत पुरीले भन्नुभयो, ‘सांस्कृतिक एवं दुई देशबीचको सम्बन्ध जनस्तरमा आदानप्रदान गर्ने यो जस्तो महत्वपूर्ण अवसर अरु हुन सक्दैन ।’
नेपाल र भारतका युवापुस्तालाई फिल्ममार्फत सम्बन्धलाई प्रगाढ बनाउन पाउनु खुशी लागेको भन्दै उहाँले यस्तो कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने बताउनुभयो । एफटिआइआईले भारतमा चर्चित उत्पादन गरेको उल्लेख गर्दै विभिन्न विधामा कार्यरत कलाकारको क्षमता प्रस्फुटन गर्ने नयाँ अवसर भएको बताउनुभयो ।
तालिमका लागि आइतबार भारत जाँदै गरेका हास्य कलाकार गोपाल ढकाल (छन्दे) ले प्राविधिकरुपमा कलाकारितालाई थप निखार ल्याउन थप ज्ञान प्राप्त हुने आशा व्यक्त गर्नुभयो । एफटिआइआईले निर्देशन, सिनेमेटोग्राफर, सम्पादन, ध्वनी रुपकार, नाटक लेखनलगायतका विभिन्न क्षेत्रमा तालिम उलब्ध गराउँदै आएको छ ।
त्यस्तै थियटर कलाकार शुलक्षण भारतीले क्यामारा अगाडि कसरी अभिनय गर्ने भन्ने विषयमा विशेष जानकारी पाइने भएकाले यसले आफूलाई कलाकारितामा विश्वस्त बनाउन सहयोग गर्ने विश्वास लिएको बताउनुभयो ।
भारतको इन्फरमेसन एन्ड बोर्डकास्टिङअन्तर्गत सन् १९६० मा स्थापना भएको भारतको चलचित्र तालिम संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित छ । भारतको चर्चित संस्थामा तालिम लिन पाउनु सुखद अवसर भएको मैथीली र भोजपुरी भाषाका कलाकार डोली सरकारले बताउनुभयो ।
तालिममा जान लागेका २० कलाकारमध्ये आठ महिला कलाकार र १२ पुरुष छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल