
फिल्मी क्षेत्रको तालिमको लागि भारत जान लागेका नेपाली फिल्मी तथा नाटकका कलाकारहरुका साथमा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी भारतीय राजदूतावासमा । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २७ माघ – नेपाली चलचित्र क्षेत्रका विविध विधामा ख्यातिप्राप्त २० जना कलाकार भारतमा कलाकारितासम्बन्धी तालिम लिँदै छन् ।
यही माघ २९ देखि फागुन १९ सम्म भारतको पुनेमा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई) ले उपलब्ध गराउने तालिममा रासा सिद्धान्त, बोध सम्झाना, प्रस्तुति, दृश्यात्मक कार्य तथा ओठ तुल्यकालनजस्ता विषयमा जानकारी उपलब्ध हुनेछ ।
तालिम अवधिभर भारतीय कलाकारसँग कार्यशाला, नृत्य, योगा तथा बम्बईस्थित चर्चित सुटिङस्थलको दृश्यावलोकन गराइने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । नेपाली कलाकारलाई भारत सरकारले उपलब्ध गराएको पहिलो अवसरले चलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले जानकारी दिनुभयो ।
भारतीय दूतावासमा आज आयोजित कलाकारसँगको अन्तरक्रियापछि राजदूत पुरीले भन्नुभयो, ‘सांस्कृतिक एवं दुई देशबीचको सम्बन्ध जनस्तरमा आदानप्रदान गर्ने यो जस्तो महत्वपूर्ण अवसर अरु हुन सक्दैन ।’
नेपाल र भारतका युवापुस्तालाई फिल्ममार्फत सम्बन्धलाई प्रगाढ बनाउन पाउनु खुशी लागेको भन्दै उहाँले यस्तो कार्यक्रमलाई निरन्तरता दिन पहल गर्ने बताउनुभयो । एफटिआइआईले भारतमा चर्चित उत्पादन गरेको उल्लेख गर्दै विभिन्न विधामा कार्यरत कलाकारको क्षमता प्रस्फुटन गर्ने नयाँ अवसर भएको बताउनुभयो ।
तालिमका लागि आइतबार भारत जाँदै गरेका हास्य कलाकार गोपाल ढकाल (छन्दे) ले प्राविधिकरुपमा कलाकारितालाई थप निखार ल्याउन थप ज्ञान प्राप्त हुने आशा व्यक्त गर्नुभयो । एफटिआइआईले निर्देशन, सिनेमेटोग्राफर, सम्पादन, ध्वनी रुपकार, नाटक लेखनलगायतका विभिन्न क्षेत्रमा तालिम उलब्ध गराउँदै आएको छ ।
त्यस्तै थियटर कलाकार शुलक्षण भारतीले क्यामारा अगाडि कसरी अभिनय गर्ने भन्ने विषयमा विशेष जानकारी पाइने भएकाले यसले आफूलाई कलाकारितामा विश्वस्त बनाउन सहयोग गर्ने विश्वास लिएको बताउनुभयो ।
भारतको इन्फरमेसन एन्ड बोर्डकास्टिङअन्तर्गत सन् १९६० मा स्थापना भएको भारतको चलचित्र तालिम संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित छ । भारतको चर्चित संस्थामा तालिम लिन पाउनु सुखद अवसर भएको मैथीली र भोजपुरी भाषाका कलाकार डोली सरकारले बताउनुभयो ।
तालिममा जान लागेका २० कलाकारमध्ये आठ महिला कलाकार र १२ पुरुष छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो