काठमाडौँ, २७ माघ – सर्वोच्च शिखर सगरमाथा मापनको कार्यले गति लिन शुरु गरेको छ ।
सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले आज लेभलिङका लागि पहिलो चरणमा पाँच सदस्यीय प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पठाएको हो ।
सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले १३ सदस्यीय प्राविधिक टोली सो कामका लागि जाने जानकारी दिँदै बाँकी प्राविधिक माघ २९ गतेसम्म मदार पुग्ने बताउनुभयो ।
मदारसम्मको लेभलिङको काम सर्वे अफ इन्डियाले गरिदिने र त्यहाँबाट नेपाली टोलीले शुरु गर्ने विभागले जनाएको छ ।
यस आर्थिक वर्षभित्र सिरहादेखि ओखलढुंगासम्म लेभलिङको काम सक्ने विभागको तयारी छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गर्नेछ ।
संयोजक डंगोलले भन्नुभयो, ‘टोली आज काठमाडौँबाट हिँडेको छ, सम्भवतः भोलिबाटै काम शुरु हुन्छ ।’
ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म अहिले लेभलिङको काम भइरहेको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण सडकको लेभलिङ्मा असर पुगेको-नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते