लन्डन । युकेमा सांगीतिक कार्यक्रममा व्यस्त गायिका मिलन अमात्यले युकेमै नयां गीत रेकर्ड गर्न समय निकालेकी छिन् ।
युकेमै रहेका गायक तथा संगीतकार बिसी राईसित उनले ‘कहांको जन्म कहांको मरन…’ बोलको गीत रेकर्ड गरेकी छिन् । सो गीत यही शनिबार आसफोर्डमा हुने आफ्नो कन्सर्टमा मिलनले गाउने बताइएको छ ।
युकेमा पहिलो गीत रेकर्ड गर्दा खुशी थपिएको गायिका अमात्यले फेसबुक मार्फत बताएकी छिन् ।
केही समयपछि सो गीतको म्यूजिक भिडियो पनि निर्माण गर्ने तयारी भएको छ ।
इ मिडिया हब युकेको आयोजनामा युके आएकी मिलनले अहिलेसम्म तीनवटा कार्यक्रम गरिसकेकी छिन् ।
अमात्यको फेब्रुअरी १० मा आसफोर्ड, १८ मा उलवीच, ३ मार्चमा अल्डरसट र ५ मार्चमा फ्रान्सको पेरिस लगायत अन्य स्थानहरुमा पनि कार्यक्रम हुने तयारी भएको जानकारी आयोजकले दिएका छन् ।
युके बसाई व्यस्त भएको प्रतिक्रिया दिंदै उनले स्कटल्याण्ड र स्वीटजरल्यान्ड भ्रमणको योजना पनि बनिरहेको बताइन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी