नायक आर्यन सिग्देलको फिल्म ‘कायरा’ को सुटिङ क्रममा साम्राज्ञी राज्यलक्ष्मी शाह फिलिपिन्स पुगेकी थिइन् । इन्सटाग्राम, फेसबुकमा सक्रिय यी नायिकाको इन्सटामा त्यहीबाट एउटा ‘ट्याटु’ खोपिएको तस्विर सार्वजनिक भयो ।
जसमा साम्राज्ञीको दायातर्फको बक्षस्थलको तलको भागमा ट्याटु खोपिएको थियो । उक्त ट्याटुयुक्त फोटो इन्सटाग्राममा सार्वजनिक भएलगतै भाइरल बन्यो । अनलाइन मिडियाहरुले सनसनी समाचार पस्के ।
‘कायरा’ फिल्म सुटिङका क्रममा साम्राज्ञीले नक्कली ट्याटु बनाएको भनेर कतिले समाचार बनाए । कतिसम्म भने उनले बनाएको अनौठो ट्याटुले बजार मात्रै गर्माएन, सयौं गसिपहरु लेखिए ।
त्यसो भए त्यो ट्याटुको वास्तविकता के थियो ? साम्राज्ञी आफैले केही अनलाइनलाई त्यो फोटो आफूले ‘लिक’ नगरेको भनेर प्रष्टीकरण दिएकी छिन् ।
उनले आफूले ट्याटु खोपाएको स्वीकार गरेकी छन् तर त्यो आफूले बाहिर लिक नगरेको उनको भनाइ छ । भएको के रहेछ भने उनका ट्याटु आर्टिष्टले ट्याटु बनाएछन् । त्यसपछि उनले फेसबुक पेजमा राख्नु भनेर अनुमति पनि मागेछन् ।
साम्राज्ञीलाई लागेछ–अनुहार हटाएर राख्लान । तर, साम्राज्ञी फ्यान पेजमा फोटो अनुहारसहितको नै आएछ । त्यसपछि त के लागोस र फोटो एकाएक भाइरल भइदियो । कतिपयले उनको उक्त ट्याटुलाई लिएर आलोचना समेत गरेका छन् ।
साम्राज्ञीको बक्षस्थलमा ट्याटु खोज्ने आर्टिष्टले अहिले आएर माफी मागेका छन् । उनले माफी माग्दै लेखेका छन्, ‘मैले साम्राज्ञीको अनुमति नमागी फोटो अपलोड गरे, म रिग्रेट फिल गरिरहेको छु । प्लीज साम्राज्ञीलाई सपोर्ट गरिरहनुहोस् ।’
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]