काठमाडौं–मिस नेपाल–२०१८ का लागि आवेदन खुल्ला भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर आयोजक संस्था हिडेन ट्रेजरले प्रतियोगितामा भाग लिनका लागि दरखास्त आव्हान गर्दै सहभागीहरुका लागि विभिन्न मापदण्डहरु तोकेको छ ।
आयोजककाअनुसार मिस नेपालको प्रतियोगी हुन शरीरमा ट्याटु खोपेको नहुनुपर्ने, प्लस टु पास गरेको, १९ देखि २४ वर्षको, नेपाली नागरिकता वा पासपोर्ट भएको हुनुपर्ने, ५.४ इन्च भन्दा माथि हाइट भएको, बिहे नगरेको तथा बच्चा नजन्माएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिनका लागि १५ फ्रेबुअरीसम्म आवेदन बुझाइसक्नुपर्नेछ ।
प्रतियोगिताका लागि नेपालका प्रमुख ९ सहरमा अडिसन आयोजना गरिने पनि सो अवसरमा जानकारी दिइएको थियो । ९ सहरहरु बिर्तामोड, धरान, वीरगन्ज, काठमाडौं, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा अडिसन मार्फत सहभागीहरु छनोट गरिनेछ ।
४ देखि १७ फ्रेबुअरीसम्म अडिसनबाट प्रतियोगीहरु छनोट गरिनेछन् । प्रतियोगिताको फाइनल भने ११ अप्रिलका दिन काठमाडौमा हुने अायोजकले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा