काठमाडौँ, ५ माघ – वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ हुनुहुन्छ । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई केही रकम सहयोग गर्ने अभिप्रायले इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको वासिङ्गटन डिसीबाट दीपक शर्माले जानकारी दिए ।
‘सहयोगमा एकजुट’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा गायक विष्ट स्वयं उपस्थित हुने र संकलित रकम कार्यक्रममै उहाँलाई हस्तान्तरण गरिने बताइएको छ । कार्यक्रममा कलाकार सरोज खनाल, रीमा विश्वकर्मा, निशा अधिकारी, शिवहरि पौडेल, किरणप्रताप केसीलगायतले आ-आफ्नो कला प्रस्तुत गर्नुहुनेछ ।
विसं २०२० को दशकबाट सांगीतिक यात्रा आरम्भ गर्नुभएका विष्टले पप, आधुनिक, राष्ट्रिय, लोकगीत र भजन गरी २०० भन्दा धेरै गीतमा स्वर दिनुभएको छ । विष्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले यसअघि पनि अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता