भक्तपुर-महानगरीय प्रहरी परिसर भक्तपुरले माटो व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजनालाई बिहीबार सार्वजनिक गरेको छ ।
सार्वजनिक हुनेमा हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ओखलढुङ्गा घर भएकी रीता राई र हत्याका प्रत्यक्षदर्शी काभ्रे देउपुर मण्डन घर भई ब्रम्हायणी मन्दिरमा विगत आठ वर्षदेखि बस्दै आएका ७० वर्षीय रामबाबु लामा रहेका छन् ।
माटो व्यावसायी चाँगुनारायण नगरपालिका–९ ताथलीका सिताराम सैंजुको भक्तपुर नगरपालिका–९ ब्रम्हायणीमा बुधबार बिहान घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईका अनुसार ताथलीको माटो खानी सञ्चालक सैजु मंगलबार राति १०.३० बजे ब्रम्हायणी मन्दिरमा गएका थिए । जात्रा हेर्न गएका सैजू मन्दिर पुगेपछि लामासँग बसेर कुरा गर्दै गर्दा राई पनि राति करिब ११ बजे आइपुगिन् । मदिरा पिएका तीनजना सँगै बसेर कुरा गर्दै गर्दा सैंजूले राईलाई जिस्क्याउँदै जवर्जस्ती गर्न खोजे । राईले रिसाउँदै इँटाले सैँजुको टाउकोमा हान्दा ढलेको र उनलाई छाडेर राई हिडेपछि लामाले सैजुलाई पानी खुवाएर आफू पनि सुते ।
बिहान ५ बजे मात्रै सैजू मृत भेटिए । मदिराले मातिएका तीनजनाले ख्याल ख्याल गरेकै भरमा ज्यान गएको छ । घाइते भए लगत्तै अस्पताल लैजान सकेको भए सैजूको ज्यान बच्न सक्ने प्रहरीको निष्कर्ष छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो