भक्तपुर-महानगरीय प्रहरी परिसर भक्तपुरले माटो व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजनालाई बिहीबार सार्वजनिक गरेको छ ।
सार्वजनिक हुनेमा हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ओखलढुङ्गा घर भएकी रीता राई र हत्याका प्रत्यक्षदर्शी काभ्रे देउपुर मण्डन घर भई ब्रम्हायणी मन्दिरमा विगत आठ वर्षदेखि बस्दै आएका ७० वर्षीय रामबाबु लामा रहेका छन् ।
माटो व्यावसायी चाँगुनारायण नगरपालिका–९ ताथलीका सिताराम सैंजुको भक्तपुर नगरपालिका–९ ब्रम्हायणीमा बुधबार बिहान घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईका अनुसार ताथलीको माटो खानी सञ्चालक सैजु मंगलबार राति १०.३० बजे ब्रम्हायणी मन्दिरमा गएका थिए । जात्रा हेर्न गएका सैजू मन्दिर पुगेपछि लामासँग बसेर कुरा गर्दै गर्दा राई पनि राति करिब ११ बजे आइपुगिन् । मदिरा पिएका तीनजना सँगै बसेर कुरा गर्दै गर्दा सैंजूले राईलाई जिस्क्याउँदै जवर्जस्ती गर्न खोजे । राईले रिसाउँदै इँटाले सैँजुको टाउकोमा हान्दा ढलेको र उनलाई छाडेर राई हिडेपछि लामाले सैजुलाई पानी खुवाएर आफू पनि सुते ।
बिहान ५ बजे मात्रै सैजू मृत भेटिए । मदिराले मातिएका तीनजनाले ख्याल ख्याल गरेकै भरमा ज्यान गएको छ । घाइते भए लगत्तै अस्पताल लैजान सकेको भए सैजूको ज्यान बच्न सक्ने प्रहरीको निष्कर्ष छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा