
सिजन मिडियाद्वारा बिहीबार आयोजित लेट मि इन मिसेस ब्यूटी क्वीन नेपालका विजेताहरु सुदिक्षा (आचार्य) भट्टराई फष्ट रनरअप, दीपिका रोय सेकेण्ड रनरअप, विष्णुमाया पौड्याल थड रनरअप, कल्पना (बराल) खतिवडा फोर्थ रनरअप, कृष्टि कार्की सामूहिक तस्बिर खिचाउँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, २० पुस – महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो हुनुभएको छ ।
सिजन मिडियाले आज यहाँ आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उहाँले टिभिएस स्कुटर, रु एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाउनुहुनेछ ।
त्यसैगरी, दोस्रो हुनुभएका जनकपुरकी दिपीका राईले रु एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गर्नुभएको छ भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, रु २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गर्नुभएको छ ।
दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।
सो अवसरमा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाहरुको क्षमता विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत रहनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]