
मुम्बई । सलमान खान र उनकी पूर्व प्रेमिका ऐश्वर्या राय बच्चन पहिलो पटक बक्स अफिसमा भिड्दैछन् । ऐश्वर्या र अनिल कपुर अभिनित ‘फन्ने खान’ र सलमान खान-ज्याकलिन फर्नाडिस अभिनित ‘रेश–३’ एउटै मितिमा प्रदर्शन हुने भएको छ । दुबै फिल्म आउंदो १५ जुनमा रिलिज हुने भएपछि भिडन्त पक्का भएको हो । यो भिडन्तले कसलाई फाइदा र कसलाई बेफाइदा हुने हो अहिल्यै भन्न सकिन्न । यति पक्का हो भिडन्त भएपछि दुई मध्ये एकलाई घाटा निश्चित छ ।
सन् २०१७ को सुरुमा शाहरुख खान र ऋतिक रोशन भिडेका थिए । शाहरुख अभिनित ‘रइस’ र ऋतिक अभिनित ‘काबिल’ एउटै मितिमा प्रदर्शन हुँदा दुबैलाई घाटा भयो । तुलनात्मक रुपमा ‘रइस’ को ब्यापार राम्रो भएपनि एउटै मितिमा फिल्म रिलिज हुँदा दुबैलाई घाटा भएको निष्कर्ष फिल्मी पण्डितहरुले निकालेका थिए । सलमान र ऐश्वर्या मात्रै होइन, अन्य केही कलाकारको फिल्मबीच मज्जैको भिडन्त हुने भएको छ बलिउड बक्स अफिसमा ।
बलिउडमा सार्वजनिक भएको फिल्म प्रदर्शनको सूची अनुसार १३ अप्रिलमा भारतको अहिलेसम्मकै महंगो भनिएको २.० र अक्टुबर प्रदर्शन हुने भएको छ । २.० मा रजनीकान्त र अक्षयकुमारले अभिनय गरेका छन् भने अक्टुवरमा वरुण धवनले मुख्य भुमिका निर्वाह गरेका छन् ।
जोन अब्राहम अभिनित ‘परमाणु’ र रानी मुखर्जी अभिनित ‘हिचकी’ पनि एउटै मिति २३ फेब्रुअरीमा प्रदर्शन हुने भएको छ । पछिल्लो समय चर्चामा रहेकी कंगना रनौत अभिनित मणिकर्णिका र टाइगर श्राफ अभिनित बागी पनि एउटै मितिमा प्रदर्शन हुने भएको छ । २७ अप्रिलमा प्रदर्शन हुने दुबै फिल्मका कलाकारले आफ्नो महत्वकांक्षी फिल्म दावी गर्दै आएका छन् ।
२६ वर्षपछि अमिताभ र ऋषिकपुर
अमर अकबर एन्थोनी, कभी कभी, नसीब जस्ता फिल्ममा एकसाथ देखिएका अमिताभ बच्चन र ऋषि कपुरले २६ वर्षपछि स्क्रिन शेयर गरेका छन् । उनीहरुले अभिनय गरेको ‘१०२ नट आउट’ यही वर्ष रिलिज हुने भएको छ । हेर्न बाँकी छ उनीहरुको जोडीको प्रभाव दर्शकमा कस्तो पर्ने छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते