काठमाडौँ, २२ मंसिर – विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ ।
नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ ।
बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयबाट प्राप्त जानकारीअनुसार बैंकले उक्त ऋण रकम आज स्वीकृत गरेको हो । परियोजनाबाट दुईसय ७१ नगरपालिकाका दुईलाख पशुपालक किसान लाभान्वित हुनेछन् ।
परियोजनाबाट मूलभूत रुपमा महिला र पाँचसय वटा साना तथा मझौला कृषि उद्यमलाई समेत फाइदा पुग्नेछ । नेपालका ७० प्रतिशत किसानले पशुपालन गरे पनि दूध, दुग्धजन्य पदार्थ र मासुको माग बढिरहेको छ । मागअनुसार आपूर्ति हुन सकेको छैन ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते