लन्डन । एक जना ७५ वर्षीय वृद्ध भूपू गोर्खा सैनिकलाई लुट्ने दुई लुटेराले जेल सजाय पाएका छन् । ति वृद्धलाई पिछा गरेर ८० पाउण्ड नगद, परिचयपत्र र शिव भगवानको चित्र अंकित सुनको तक्का चोर्ने ३० वर्षीय जसपाल सिंह र ३६ वर्षीया केली रोजर्सलाई क्रमशः ५ वर्ष र तीन वर्ष जेल सजाय तोकिएको हो । उक्त तक्मा भावनात्मक र धार्मिक महत्वको रहेको बताइएको छ ।
ति गोर्खा उलवीच स्टेशन वे को बेन्थम हाउस नामक एक फ्ल्याटमा बस्थे । चोरहरुले भूपू गोर्खालाई पिछा गर्दै लिफ्ट प्रवेश गरि सामान लुटेका थिए । लुटिनेक्रममा वृद्ध गोर्खाको हातमा चोट समेत लागेको थियो ।
ग्रीनवीच प्रहरी अधिकारीहरुले घटनास्थलको छानवीन गरि सिसिटिभी फुटेजको सहयोगले शंकास्पद व्यक्तिको पहिचान गरेर बेन्थम हाउसको अर्को फ्ल्याटमा उनीहरुलाई पक्रिएका थिए ।
सिंहलाई उलवीच क्राउन कोर्टले एक हप्तासम्मको सुनुवाइपछि गत २५ सेप्टम्बरका दिन ५ वर्षको जेल सजाय तोकेको थियो । सुनुवाइका क्रममा उनले आफ्नो संलग्नता अस्वीकार गरि सबै दोष अर्को प्रतिवादी (रोजर्स) लाई लगाएका थिए । रोजर्स अदालतमा उपस्थित हुन नआएपछि प्रहरीले उनलाई पक्राउ गरी २५ सेप्टेम्बरका दिन अदालतमा पेश गरयो । उनलाई हिरासतमा राखी पुनः ६ नोभेम्बरका दिन उलवीच क्राउन कोर्ट पेश गरियो । रोजर्सले ७ नोभेम्बरका दिन अभियोग स्वीकार गरेपछि तीन वर्षको जेल सजाय तोकिएको थियो ।
एबी रोड बस्ने सिंहलाई ५ वर्ष र ग्रीनवीच साउथ स्ट्रिट बस्ने रोजर्स तीन वर्ष जेल परेका हुन् । जेल सजाय तोकिएपछि वृद्ध गोर्खाले न्याय पाएको भन्दै खुशी व्यक्त गरेको ग्रीनवीच अपराध अनुसन्धान विभाग (सिआइडी) की डिटेक्टिभ कन्सटेबल डेबोरा जोन्सलाई उधृत गर्दै इभिनिङ स्ट्याण्डर्डले जनाएको छ ।
जोन्सले मेट्रोपोलिटन प्रहरी र आर्मड फोर्सेस च्यारिटी (एसएसएएफए) एकापसमा सहकार्य गरि ग्रीनवीच र अन्यत्र बस्ने नेपाली समुदायलाई आवश्यक सहयोग एवं नेपाली समुदायमाथि आपराधिक क्रियाकलाप गर्नेलाई कानुनको कठघरामा ल्याउन काम गरिरहेको बताइन् ।
लन्डन साउथ इष्टको ग्रीनवीच बरोमा नेपाली समुदायको उल्लेख्य बसोबास छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते