नयाँ दिल्ली, भारत, १८ मङ्सिर – भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।
सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी हुनुहुन्थ्यो ।
शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।
शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गर्नुभएको थियो ।
भारतीय सिने जगतमा उल्लेख्य योगदान पुरयाएका कपूर वंशमा जन्मनुभएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा हुनुहुन्थ्यो ।
उहाँको मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते