
मधेस गठबन्धनले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको चुनावी सभामा सहभागी शिर्ष नेताहरु । तस्वीर – अरुण कुमार यादव, राजविराज, रासस
राजविराज, ९ मंसिर – राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)का संयोजक महन्थ ठाकुरले मधेश आन्दोलन र मधेश विद्रोहकै कारण मुलुक संघीयतातर्फउन्मुख भएको बताउनुभएको छ ।
राजपा–फोरम गठबन्धनले सप्तरी सदरमुकाम राजविराजमा आज आयोजना गरेको संयुक्त चुनावी जनसभालाई सम्बोधन गर्दै नेता ठाकुरले मधेशका २२ जिल्ला मधेश राज्यका रुपमा संगठित नभएसम्म संघर्ष जारी रहने जिकिर गर्नुभयो । उहाँले अथक संघर्षपछि मधेशका रुपमा प्राप्त आठ जिल्लालाई रक्षा गर्नका लागि सम्पूर्ण जनतालाई मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभाको चुनावमा मतदान गर्न आग्रह गर्नुभयो ।
मधेशी जनताको भारी मतबाट अब बन्ने सरकारले मधेशका जिल्लामा शिक्षालाई निःशुल्क बनाउनाका साथै विपन्न समुदायका घर घरमा ग्यास चुलो र बालिकाको जन्म हुनेबित्तिकै उनका नाममा रु १० हजार बैंक खातामा जम्मा गरिने घोषणासमेत गर्नुभयो ।
सोही सभालाई संबोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई पार्टीको चुनावी एकता मधेशको अधिकार र पहिचानको स्थापनाका लागि भएको बताउनुभयो ।
राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ‘मधेश आन्दोलनका क्रममा निहत्था आन्दोलनकारीमाथि गोली चलाउने राज्य र तिनका सञ्चालक’माथि बदला लिनुपर्ने बताउनुभयो । राजपाका महासचिव मनिषकुमार सुमनले वर्ग, लिङ्ग, क्षेत्र र जनताका आधारमा विभेद अत्य नभएसम्म संघर्ष जारी रहने बताउनुभयो ।
कार्यक्रममा फोरमका उपाध्यक्ष रेणुकुमारी यादव, केन्द्रीय सदस्य सरिता गिरीलगायतले मधेशी जनताले निर्वाचनमा मधेश गठबन्धनका उम्मेदवारलाई मत दिएर राज्यले गरिरहेको विभेदलाई अन्त्य गर्ने जिकिर गर्नुभयो ।
सभामा सप्तरीको मलेठमा भएको घटनामा शहादत प्राप्त परिवारलाई मधेश गठबन्धनका शीर्ष नेताले सम्मान गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त