
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गर्दै । तस्बिर – निमदत्त सुवेदी, पोखरा, रासस
पोखरा, २८ कात्तिक (रासस) – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ ।
डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो ।
अहिले एक सयभन्दा बढी नेपाली कामदार विमानस्थलको निर्माणमा खटिएका छन् । कम्पनीका प्रमुख जेरी याङले यस वर्षको हिँउदयामभरी विमानस्थलको सबै जमिन सम्याउने र अर्को वर्षबाट टर्मिनल भवनको काम थाल्ने बताउनुभयो । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने ४२ वर्षदेखिको पोखरेलीको सपना हो । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको सो विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष्य राखिएको छ । विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पछि थप ६२९ रोपनी जमिन अधिग्रहण गरिएको हो । चीनको एक्जिम बैंकको करिब रु २२ अर्बको ऋण सहयोगमा विमानस्थल निर्माण गरिन लागिएको हो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो