काठमाडौं। फुटको संघारमा पुगेको नेकपा–माओवादीलाई एक बनाइराख्न आइतबारबाट हुने विस्तारित केन्द्रीय कमिटी बैठकमा सचिव नेत्रविक्रम चन्दको समूह पनि सहभागी हुने भएको छ। चन्द र उनी निकट नेताहरुले बहिस्कारको घोषणा गरेपछि शनिबारबाट शुरु हुने भनिएको बैठक आइतबारसम्मका लागि सारिएको थियो।
बैठकमा सचिव चन्द समूहले विशेष महाधिवेशनको प्रस्ताव लैजाने भएको छ । अध्यक्ष मोहन वैद्यसँग सबै विषय बैठकमा छलफल गर्ने सहमति भएपछि चन्द समूहले विशेष महाधिवेशनको प्रस्ताव लैजाने भएको हो ।
‘आइतबार हुने बैठकमा हामी विशेष महाधिवेशनको प्रस्ताव लिएर जान्छौ,’ चन्दनिकट पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले भने। आइतबारको बैठकमा सबै विषयमा छलफल हुनेछ । ‘अध्यक्षसँग भएको छलफलमा सबै विषय बैठकमा राख्ने सहमति भएपछि उहाँहरू (चन्द पक्ष) ले सहभागी हुने बताउनुभएको छ,’ नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले भनिन् ।
अध्यक्ष वैद्यसँग शनिबार दिउँसो भएको छलफलमा सचिव चन्दसँगै नेताहरू विश्वकर्मा, ईश्वरी दाहाल र तिलक परियार सहभागी थिए । ‘स्पष्टीकरण फिर्ता लिने कुरा भएको छ,’ विश्वकर्माले भने । अध्यक्ष र महासचिवको निर्देशनलाई अवज्ञा गर्दै गत साता चन्दले आफू निकट नेताहरुको कपिलबस्तुको जंगलमा राष्ट्रिय भेला आयोजना गरेका थिए।
एकीकृत नेकपा माओवादीबाट साढे दुई वर्षअघि विभाजित भएर बनेको नेकपा–माओवादीको विस्तारित बैठकलाई पार्टी पुनः विभाजन हुनबाट रोक्ने अन्तिम प्रयासका रूपमा लिइएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा