काठमाडौ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनअन्तर्गत सहसचिवस्तरीय प्रोग्रामिङ कमिटीको शनिबार भएको बैठकमा केही केन्द्रको खारेजी र गाभ्ने विषयमा सहमति जुट्न सकेन । 
बैठकमा सार्कका ११ केन्द्रमध्ये ३ वटालाई खारेज गर्ने र चारवटालाई गाभेर एउटै बनाउने प्रस्तावमा सहमति जुट्न नसकेपछि आगामी कमिटीको बैठकमा पुनः छलफल गरी अन्तिम रूप दिनेमा सहमति भएको छ। आइतबार पुन: कमिटीको बैठक बस्ने छ।
बैंठकमा खारेज गर्ने तथा गाभ्ने केन्द्रका कर्मचारी, साधन–स्रोतको के गर्ने, कर्मचारीलाई कसरी अवकास दिने भन्ने फेज आउट प्लानमा साझा सहमति बन्न सकेन । कमिटीमा सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज गर्ने प्रस्ताव लगिएको थियो भने वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटिय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई गाभेर एउटै केन्द्र बनाउने भन्ने छ । गाभ्ने सुचीमा रहेका वन व्यवस्थापन केन्द्रको कार्यालय भुटानमा, विपद व्यवस्थापन केन्द्रको कार्यालय भारतमा, तटिय क्षेत्र व्यवस्थापन केन्द्रको कार्यालय माल्दिभ्समा र जलवायु अनुसन्धान केन्द्रको कार्यालय बंगलादेशमा छन् ।
बंगलादेशमा कार्यालय रहेको सार्क कृषि केन्द्र, नेपालमा कार्यालय रहेको सार्क क्षयरोग केन्द्र, पाकिस्तानमा कार्यालय रहेको सार्क उर्जा केन्द्र र श्रीलंकामा कार्यालय रहेको सार्क साँस्कृतिक केन्द्रलाई भने जस्ताको तस्तै राखिने भएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ