लन्डन । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान (अनेवा), बेलायतले हालै साहित्यकार वीपी कोइरालाको १०० औं जन्मजयन्ती तथा नेपाली साहित्य र आख्यान विषयक एक साहित्यिक कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष विकलचन्द्र आचार्यको सभापतित्वमा कार्यक्रम भएको हो । उक्त अवसरमा नेपालबाट आएका विशेष अतिथि नेपाली साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक तुलसी दिवसले प्रवासमा नेपाली साहित्य र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले अहिलेको युगमा नेपाली साहित्य र संस्कृति बचाउन स्वदेश तथा विदेश रहेका युवा साहित्यकारहरुले आ–आफ्नो ठाउंबाट पहल गर्नुपर्नेमा समेत जोड दिए । भाषा, साहित्यको कुनै सिमाना नहुने उल्लेख गर्दै साहित्यकार दिवसले साहित्य र संस्कृतिले नै नेपालको परिचय जोगाएर राखेको बताए ।
कवि तथा महाकाव्यकार नरेन्द्र परासरले आफ्ना रचना वाचन गर्दै साहित्यमा वीपी कोइरालाको स्थान अग्रणी रहेको स्मरण गरे । उता, कोइरालाको आत्मवृत्तान्तलाई नेपालको पहिलो अडियो पुस्तकका रुपमा प्रकाशित गर्न पाएकामा नेपाली साहित्य विकास परिषद बेलायतका अध्यक्ष खगेन्द्र नेपालीले प्रसन्नता व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी दीक्षा चापागाईंलाई रु. बीस हजार राशीको अनेवा बमबहादुर केसी पुरस्कार प्रदान गरियो ।
प्रतिष्ठानका उपाध्यक्ष गोपीकृष्ण प्रसाईंले सञ्चालन गरेको सो कार्यक्रममा महासचिव जयालक्ष्मी राई, कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री लगायतले मन्तव्य दिएका थिए । उक्त अवसरमा समाजसेवी रामचन्द्र आचार्य, बीबीसी नेपाली सेवाका सुमन खरेल, गायिका सितु खरेल, गोर्खाली समाजका अध्यक्ष भरत क्षेत्री, नेपाली जनसम्पर्क समिति, बेलायत आवद्ध विज्ञान प्रसाईं, डम्बर गिरी लगायतको उपस्थिति थियो ।
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी