
लन्डन । बेलायतमा बसोबास गर्ने सिरुबारीवासीहरूको साझा संस्था सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
लन्डनस्थित ह्यारो स्पोर्टस् क्लबमा शनिबार ७ मार्च २०२६ मा सिरुबारी नाँसावासीहरुको भेला सम्पन्न भएको हो । सिरुबारी नाँसा बेलायतका ज्येष्ठ सदस्यहरू देउबहादुर गुरुङ, निर्मला गुरुङ, रुद्रबहादुर गुरुङ र भीमबहादुर गुरुङले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि हालै इरानमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता सिरुबारी नाँसा बेलायतका अध्यक्ष तथा समाजसेवी डेबिड गुरुङ र कार्यक्रम सञ्चालन महासचिव धनबहादुर गुरुङले गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा समुदायका सदस्य हवल्दार भीमबहादुर गुरुङ र श्रीमती विष्णु गुरुङका सुपुत्र सार्जन्ट निशान गुरुङले बेलायतमा नयाँ घर खरिद गरेको तथा दुई सन्तान जन्मिएको खुशीयाली मनाइएको थियो। साथै कुटुम्ब ब्यान्डसँग सम्बन्धित कार्यका लागि यूके आएका अरुण गुरुङलाई पनि सिरुबारी समाज बेलायतले फेटा र खादा लगाएर सम्मान गरेको थियो ।
कार्यक्रममा बेलायतको व्यस्त जीवन बाबजुद पनि गाउँप्रतिको माया र एकताको भावनाले विभिन्न स्थानबाट सिरुबारीवासीहरूको बाक्लो सहभागिता थियो । सिरुबारीवासीहरूले आफ्नो गाउँ, संस्कृति र सम्बन्धलाई अझ मजबुत बनाउने अठोट व्यक्त गरेका छन् भेलामा सहभागीहरूले एकअर्कासँग भलाकुसारी गर्दै आफ्नो पुर्खौली गाउँ सिरुबारीको संस्कृति, परम्परा र बाउबाजेले स्थापित गरेका रीतिथितीहरू कसरी जगेर्ना गर्ने भन्ने विषयमा गहन छलफल गरे ।
कार्यक्रममा राफल ड्र समेत गरिएको थियो। सुनको ‘चन्द्रमा’ पुरस्कार समाजका उपाध्यक्ष नवराज गुरुङ लाई परे पनि उनले नारीको गहना नारीलाई नै पर्नु पर्छ भन्दै पुनः ड्र गर्न आग्रह गर्नुभएको थियो । पुनः गरिएको ड्रमा उक्त पुरस्कार सिरुबारी नाँसाकी चेली युद्ध गुरुङलाई परेको थियो । पुरस्कार कृष्ण ज्वेलरीले प्रायोजन गरेको थियो भने समाजका अध्यक्ष डेबिड गुरुङकी धर्मपत्नी बीना गुरुङले पिउने पानी प्रायोजन गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा गायिका सोनी कुँवर क्षेत्रीको सुमधुर स्वरमा सहभागीहरूले भरपुर मनोरञ्जन लिँदै सामूहिक नाचगान गरेका थिए ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]