काठमाडौं। जाजरकोटबाट सुर्खेततर्फ आउँदै गरेको यात्रुबहाक बस बिहीबार बिहान भेरी नदीमा खसेको छ। ५० जना यात्रु चढेको बस भुर गाबिसमा सडकबाट ५० मिटर तल भेरी नदीमा खसेर दुर्घटना भएको हो। 
हालसम्म चारजनाको शव निकालिएको छ भने १० जनालाई उद्दार गरिएको स्थानीय प्रशासनले जनाएको छ । उद्दार गरिएकाहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ। बिहान साढे आठमा दुर्घटनाग्रस्त ना ३ ख १४०८ नम्बरको बस पुरै नदीमा डुबेको छ। स्थानीय बासिन्दा, प्रहरी तथा नेपाली सेना उद्दार कार्यमा खटिएका छन्। दुर्घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ । बसका यात्रुलाई बगाएको हुनसक्ने भएकाले खोजीका लागि नदी आसपासको क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा