काठमाडौँ, २ असोज (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज दिनुभएको शुभकामना सन्देशमा उज्यालो र रङ्गहरूको महान पर्व तिहारले नेपालीहरूको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता, सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
‘नेपाल विविध धर्म र संस्कृतिको बहुपहिचानयुक्त विशेषता भएको मुलुक हो, नेपालका विविध साँस्कृतिक पर्वहरूले नेपाली समाजमा भातृत्व र भावनात्मक एकताका लागि महत्वपूर्ण योगदान पुरयाउँदै आएका छन्’, प्रधानमन्त्री देउवाले भन्नुभयो — ‘यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् ।’
साथै उहाँले राष्ट्रिय एकता र विकासको मार्गमा हिँड्न यो पर्वले सम्पूर्ण नेपालीलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य