काठमाडौँ, २५ असोज – गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
एक जना महिला उपाध्यक्ष तथा दुई पुरुष उपाध्यक्ष पदमा उनीहरुले यसरी उम्मेदवारी घोषणा गरेका हुन् ।
अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएका रञ्जु वाग्लेले महिला उपाध्यक्षमा तथा सोनाम लामा, चिरञ्जीवी थापा, पारशमणि पोखरेल, ज्ञानेन्द्रराज गौतम, कुमार पन्त तथा कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।
उपाध्यक्षका दावेदार सोनाम लामाले आफूले जितेमा एनआरएनलाई एकताबद्ध गर्ने तथा नेपालका युवालाई रोजगारी दिने आश्वासन दिनुभयो भने चिरञ्जीवी थापाले विदेशमा संगालेको अनुभव, ज्ञान र शीप नेपालमा भित्र्याउने बताउनुभयो । अर्का उम्मेदवार पारशमणि पोखरेलले स्टप एनआरएन अभियान शुरु गर्ने बताउनुभयो ।
त्यस्तै, संघको मध्यपूर्व संयोजकमा उम्मेदवार दिनुभएका उप संयोजक धर्मराज गिरीले परिवर्तनको आभास दिने अठोट व्यक्त गर्नुभयो । उपाध्यक्षका उम्मेदवार कुमार पन्थ तथा कुल आचार्यले नेपालको विकासका लागि सामूहिक लगानी भित्र्याउने बताउनुभयो ।
हाल विश्वका विभिन्न ७७ मुलुकमा ६५ लाख नेपाली बसोबास गर्दै आएको बताइन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा