लस भेगस, १९ असोज (रासस-एएफपी) – अमेरिकी सहर लस भेगासमा आइतबार राति भिषण आक्रमणगरी कम्तीमा ५९ जनाको ज्यानलिने स्टेफन प्याडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको प्याडकले योजना बनाएको बारेमा आफूलाई केही थाहा नभएको बताएकी छिन् ।
बन्दुकधारीले लस भेगासमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयासस्वरुप प्रहरीले उनीहसँग पनि आवश्यक सोधपुछ गरेको थियो । प्रहरीसँगको बयानमा उनले सो जानकारी दिएको बताइएको छ ।
उनकी केटीसाथी मार्लाे डेन्लीसँग प्रहरीले बुधबार सोधपुछ गरेको छ । सो सोधपुछका क्रममा उनले यस्तो हिंसात्मक गतिविधिको बारेमा आफूलाई थाहा भएन, यस्तो योजनाको बारेमा पनि उनले मलाई केही थाहा दिएका थिएनन् ।
अमेरिकी प्रहरीसँगको बयानका क्रममा उनले सो जानकारी दिएको उनका वकिलले बताएका छन् । उनको यो बयानपछि उक्त हत्याकाण्ड थप रहस्मय बन्न पुगेको पनि समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकी सरकारी वकिकले पनि मार्लाे डेन्लीले यसअघि उनको स्वभाव स्नेही र दयालु रहेको तर यस्ता हिंसात्मक क्रियाकलापका बारेमा कहिल्यै पनि कुनै कुरा आदानप्रदान नगरेको बयान उनले दिएको जनाएका छन् ।
मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० बर्षअघि क्यासिनोमा काम गर्नभन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले जानकारी दिएको थियो ।
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ । उनले लस भेगसमा आइतबार राति भएको कन्सर्ट (सांगितिक प्रस्तुती) को समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए ।
उनले चलाएको अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए ।
अमेरिकी प्रहरील उनकी केटीसाथी ६२ बर्षीया मार्लाेलाई हिरासदमा लिएको छैन । प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझेको थियो ।
प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको र त्यसैका आधारमा उक्त हमलामा उनलाई पनि कुनै सूचना हुनसक्ने अनुमानका आधारमा सो कुरा बुझ्न खोजेको हो ।
प्रहरीले अनुसन्धान जारी राखेको छ तर त्यसको उद्देश्य वा किन प्याडकले सो नरसंहार गरेका थिए भन्ने तथ्यको नजिक पुग्न सकेको छैन ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न