काठमाडौं। संविधानसभा अन्तर्गतको संवैधानिक राजनीति संवाद तथा सहमति समितिमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले, राप्रपासम्बद्ध ४३ सभाषदहरुले नयाँ संविधानको अन्तबस्तुको संयुक्त प्रस्तावलाई अघि बढाउनु पर्ने माग गर्दै सभापति डा बाबुराम भट्टराईलाई आइतबार हस्ताक्षर बुझाएका छन् ।
सहमति नभएको अवस्थामा समितिबाट प्रस्ताव लैजान प्रक्रियागत रुपमा नमिल्ने आडान राख्दै आएका सभापति भट्टराईको हैसियतलाई चुनौति दिँदै हस्ताक्षर समितिमा आएको हो। समिति ७३ सदस्यीय छ। बैठकमा नेपाली कांग्रेस उप सभापति समेत रहेका समितिका सदस्य रामचन्द्र पौडेलले हस्ताक्षर सभापति भट्टराईलाई बुझाएका हुन्।
हस्ताक्षर बुझाउने क्रममा पौडेलले संवाद समिति अनिर्णय बन्दी भएर संविधानसभालाई गतिरोध उत्पन्न गर्न नहुने बताए ।
हस्ताक्षर बुझाएपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त प्रस्ताव समितिबाट जान नसक्ने बताए।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदरले दुई तिहाइको बहुमतको आधारमा शान्ति प्रक्रियाको आधा हिस्सा रहेको माओवादी र मधेशी दलहरुलाई पेल्न खोजेको भन्दै त्यसले राम्रो परिणाम नल्याउने चेतावनी दिए।
सभापति भट्टराईले हस्ताक्षरको कानुनी र राजनीतिक हैसियत प्रष्ट नहुञ्जेलसम्म अर्को बैठक बस्न नसक्ने भन्दै समितिको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरेका छन्।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ