अल्डरसट । नेपालीहरुको बाक्लो बस्ती मानिएको बेलायतस्थित अल्डरसटमा एक महिला दिउँसै लुटिएकी छिन् ।
अल्डरसटको द प्यालेस नजिक करिव एक बजेर १५ मिनेट जाँदा ७० बर्षीया महिलाको बुधवार ६ तोला सुनको ‘नेक्लेस’ चोरी भएको हो । एसिएन जस्ता देखिने दुई लुटेराले ति महिलालाई दिनदहाडै लछारपछार गरी सुन चोरेर भागेका थिए ।
द प्यालेसका टंक रानाका अनुसार लुटेराहरु भल्भो रजिस्ट्रेसन RO12 JZF नम्बरको कारमा चढेर आएका थिए । सो क्रममा महिलाको नाडीमा सामान्य कोतारिए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य छ । घटना भएको केही बेरमै प्रहरी आएर ‘फोरेन्सिक चेक’ का लागि महिलाको कपडा लिएको बताइएको छ ।
दशै तिहार नजिकिंदा नेपालीका गरगहना लुटिने क्रम बढेको छ । सुन चोरी भएपछि ति महिला निकै त्रसित भएकी छिन् । पीडित महिलाका पतिले चोरीमा प्रयोग गरिएको कार कसैले देखेमा प्रहरीमा खवर गर्न आग्रह गरेका छन् ।
तस्बिर – नेपालीपत्र
राधिका (टिका) गुरुङले एनआरएनए महिला उपाध्यक्षमा पदमा उम्मेदवारी दिनुहुने
मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी
रास्वपाकी रन्जु न्यौपाने काठमाडौँ–१ बाट विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको मतगणना : रास्वपा अघिअघि, कांग्रेस, एमाले, नेकपा पछिपछि
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह