मुम्बई, ६ असोज (रासस-एएफपी) – भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किनुभएको छ ।
उहाँ चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा फर्किनुभएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।
चार बर्षको जेल जिवनपछि उहाँले पहिलो पटक भुमी नामक उहाँद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ ।
उक्त चलचित्रमा उहाँले नायिकाको बुबाको भूमिका निर्वाह गर्नुभएको छ । शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छ ।
चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरुलाई बदला लिने एक जना सशक्त बुबाको भूमिकामा उहाँ सो चलचित्रमा भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँ सन् २०१६ मा जेलमुक्त हुनुभएको थियो । सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उहाँमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो । सोही अभियोगका लागि उहाँ चार बर्ष जेल बस्नुपरेको थियो ।
अन्ठाउन्न बर्षीय दत्त पुनः चलचित्रमा फर्किनुभएको समाचार भारतीय सञ्चारमाध्यमहरुका साथै शुक्रबारका सामाजिक सञ्जालहरुमा पनि राखिएको बताइएको छ ।
ओमुङ् कुमारले निर्देशन गर्नुभएको सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएको ती समाचारहरुमा जनाइएको छ ।
सञ्जय दत्तलाई मन पराउने सर्वासाधारणहरुले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका र चलचित्र हलमै पुगेर हेर्ने योजना बनाएको जनाएका छन् ।
उहाँले यसबाहेक अरु तीन वटा चलचित्रमा अभिनय गर्दैहुनुहुन्छ । ती चलचित्रको छायाङ्कनका लागि उहाँ केही महिनादेखि नै निकै ब्यस्त रहदै आउनुभएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त