
इस्लामाबाद, ६ असोज (रासस-एपी) – पाकिस्तानका पूर्व सैनिक शासक पर्वेज मुसरफले पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ ।
सन् २००७ मा रावलपिण्डीमा भुट्टोको आत्मघाती हमलामा परी हत्या भएको थियो ।
लण्डनबाट भिडियो सन्देश शुक्रबार सार्वजनिक गर्दै मुसरफले भुट्टोको हत्याबाट उहाँका श्रीमान् असिफ अलि जर्दारी एक जनालाई मात्रै फाइदा भएको बताउनु भएको छ ।
भुट्टोको हत्यापछि त्यसैलाई उपयोग गरेर आफू राष्ट्रपति बन्न सफल भएको मुसरफले दावी गर्नुभयो ।
पाकिस्तानको एउटा अदालतले गत महिना मात्रै भुट्टोको हत्यामा संलग्न भएको भन्दै दुई जना पुर्व प्रहरी अधिकृतलाई १७ बर्ष जेल सजाँय तोकेको थियो ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप