काठमाडौं। संविधान निर्माणमा देखिएको गतिरोध अन्त्य गर्न र नयाँ संविधानको अन्तरबस्तु बारे सहमति खोज्न भएको नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। 
बैठकमा नेकपा एमालेले कांग्रेसले आफूले ल्याएको संयुक्त प्रस्ताव संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट पूर्ण बैठकमा लैजान आग्रह गरेका थिए।
तर नयाँ बानेश्वरमा करिब तीन घण्टा चलेको वार्तामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका माओवादी नेता बाबुराम भट्टराईले वैधानिक र राजनीतिक रुपमा पनि त्यस्तो गर्न नसकिने बताए ।
समितिले नियमावली र अभ्यासकै आधारमा भन्दै सभापति भट्टराईले संविधानसभाको बैठकमा सिधै लैजान सुझाव दिएका थिए।
बैठकमा माओवादीले कांग्रेस एमालेसहितका यसअघि भएका सहमति/सम्झौताको विपक्षामा रहेकाले संयुक्त प्रस्ताव नै फिर्ता लिन आग्रह गरेका थिए। तर एमालेले प्रस्तावमाथि छलफल भएपनि त्यसलाई फिर्ता नहुने बताएको छ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्धा भण्डारी, महासचिव ईश्वर पोखरेल तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ संलग्न थिए।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ