काठमाडौं। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सहमति निर्माणका लागि परामर्शस्वरुप शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका छन्। 
साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा सभापति भट्टराईले मंसिर १ गते बस्ने संवाद समितिको बैठकअघि नै सहमतिमा नपुगे देश गम्भीर द्वन्द्वमा फस्ने आफूले देखेको बताउँदै त्यसलाई रोक्न सबै गम्भीर हुनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । भेटवार्ताका क्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
सभापति भट्टराईले प्रमुख दलहरुका बीचमा कमसेकम प्रक्रियामा भए पनि सहमति जुट्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालासँग सहमति निर्माणमा भूमिका खेल्न पनि आग्रह गरे। १२ बुँदे समझदारीयताका सहयात्रीहरुबीच संविधानका मुख्य अन्तरबस्तु, राज्यको पुन:संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति हुनैपर्नेमा सभापति भट्टराईको जोड थियो।
सभापति भट्टराईले सहमति निर्माणको पहलस्वरुप आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँग पनि उहाँकै निवास मालिगाउँमा भेटवार्ता गरे । त्यसैगरी सभापति भट्टराईले आजै एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गरे। त्यस्तै उनले कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवासँग पनि टेलिफोनमा वार्ता गरेका छन्।
आइतबार सहमति निर्माणका लागि द्विपक्षीय, त्रिपक्षीय विभिन्न चरणमा छलफल हुनेछ ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा