काठमाडौं। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सहमति निर्माणका लागि परामर्शस्वरुप शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका छन्। 
साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा सभापति भट्टराईले मंसिर १ गते बस्ने संवाद समितिको बैठकअघि नै सहमतिमा नपुगे देश गम्भीर द्वन्द्वमा फस्ने आफूले देखेको बताउँदै त्यसलाई रोक्न सबै गम्भीर हुनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । भेटवार्ताका क्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
सभापति भट्टराईले प्रमुख दलहरुका बीचमा कमसेकम प्रक्रियामा भए पनि सहमति जुट्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री कोइरालासँग सहमति निर्माणमा भूमिका खेल्न पनि आग्रह गरे। १२ बुँदे समझदारीयताका सहयात्रीहरुबीच संविधानका मुख्य अन्तरबस्तु, राज्यको पुन:संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति हुनैपर्नेमा सभापति भट्टराईको जोड थियो।
सभापति भट्टराईले सहमति निर्माणको पहलस्वरुप आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँग पनि उहाँकै निवास मालिगाउँमा भेटवार्ता गरे । त्यसैगरी सभापति भट्टराईले आजै एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गरे। त्यस्तै उनले कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवासँग पनि टेलिफोनमा वार्ता गरेका छन्।
आइतबार सहमति निर्माणका लागि द्विपक्षीय, त्रिपक्षीय विभिन्न चरणमा छलफल हुनेछ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित