
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयसम्बन्धी भेट गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, १ भदौ (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सो भेटमा मुलुकको समसामयिक परिस्थितिबारे कुराकानी भएको बुझिएको छ ।
राष्ट्रपतिको निजी सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री देउवाको आगामी संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागिता सन्दर्भमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको भ्रमणबारे बिदाई भेट गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा यही असोज ३ गते संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त