
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयसम्बन्धी भेट गर्नुहुँदै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँ, १ भदौ (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सो भेटमा मुलुकको समसामयिक परिस्थितिबारे कुराकानी भएको बुझिएको छ ।
राष्ट्रपतिको निजी सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री देउवाको आगामी संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागिता सन्दर्भमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको भ्रमणबारे बिदाई भेट गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा यही असोज ३ गते संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना