काठमाडौँ, २० भदौ । एएफसी एसियन कप–२०१९ को छनोट चरणको खेलमा नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फिफ बरियतामा नेपालभन्दा झण्डै २० स्थान माथि रहेको ताजाकिस्तानेले नेपाललाई सुरुदेखि नै दबाबमा राख्यो । नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै काजाकिस्तानले २५ औँ र २९ औं मिनेटमा गोल गर्दै नेपाललाई दबाबमा पारको थियो ।
खेलको २५ औँ मिनेटमा उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गरेका थिए । पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी क्लियर गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा दुई शून्यले पछि परेको नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरी खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । नेपालका लागि एक मात्र गोल विमल घर्तीमगरले ६१ औँ मिनेटमा गरे । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र नेपालले नतिजा २–१ ले ताजकिस्तनलाई सम्पियो । विमलको यो नवौँ अन्तर्राष्ट्रिय गोल हो ।
स्ट्राइकर विमल घर्तीमगर र मिडफिल्डर विक्रम लामा सुरुवाती टोलीमा नपरेको खेलमा रक्षापंक्तिको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको ३० मिनेटभित्रै २ गोलले पछि परेको थियो ।
नेपालले ३९ मिनेटसम्म विमललाई बेञ्चमा राखेको थियो । तर, अग्रपंक्ति फितलो भएपछि नवयुग श्रेष्ठको स्थानमा विमललाई मैदानमा प्रवेश गराएको थियो ।
यसैगरी नेपाल आर्मीका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् । ६२ औँ मिनेटमा विशाल राईको स्थानमा मैदान छिरेका कार्कीले आधाघण्टा मैदानमा रहँदा प्रभावकारी खेल देखाए ।
एसियन कप छनोटको यसअघिका दुई खेलमा नेपाल जितविहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग उसकै घरेलु मैदानमा पराजय ब्यहोरेको नेपालले काठमाडौँमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।
एसियन कप छनोटको तेस्रो चरणको समूह एफमा रहेको नेपाल तीन खेलबाट १ अंक बटुल्दै समूहको चौथो स्थानमा झरेको छ । आजको हारसँगै नेपाल एसिया कपमा छनोट हुने सम्भावना कम हुँदै गएको छ । नेपाललाई हराउँदै ताजिकिस्तान ३ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समूहको पहिलो स्थानमा फिलिपिन्स र दोस्रो स्थानमा यमन छन् ।
नेपालले समूहको अर्को खेलमा आगामी अक्टोबर १० मा ताजिकिस्तान भ्रमण गर्नेछ । नेपालले नोभेम्बर १४ मा फिलिपिन्ससँग काठमाडौँमा र २७ मार्च २०१८ मा यमनसँग उसकै मैदानमा खेल्नेछ ।
एसियन कप छनोटको सम्भावनाका लागि ताजकिस्तानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण मानिएको थियो । तर, नतिजा आफ्नो पक्षमा पार्न सकेन । यसै प्रतियोगिताको तयारीका लागि नेपाली टोली १० दिन जापानमा अभ्यास गरेर केही दिनअघि नेपाल फर्किएको हो ।
नेपाल फिफा बरियतामा १६९ औँ र काजाकिस्तान १५१ औँ स्थानमा छ । जितपछि आयोजित पत्रकारसम्मेलनमा ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसिया कपमा छनोटका लागि आजको जित महत्वपूर्ण भएको प्रतिक्रिया दिए । “नेपाललाई आफ्नै घरमा पराजित गर्दा एसिया कप छनोटका लागि सहज भएको छ” प्रशिक्षक खाकिमको भनाइ थियो ।
नेपालका जपानी प्रशिक्षक कोजुल आजको खेलमा डिफेन्सको कमजोरीका कारण हारेको बताउनुभयो । दुवै गोल डिफेन्सको गल्तीका कारण खाएको उहाँको भनाइ छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता