काठमाडौं। चेल्सीका फरबार्ड डिडिएर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लियोनेल मेसी लामो समयदेखि मैदानमा एक अर्का प्रतिद्वन्द्वी रहँदै आएका छन्। त्यसमा सधै अर्जेन्टिनी सुपरस्टारअघि रहने गरेका छन्। 
मैदानभित्र मात्रै होइन बाहिर पनि ड्रोग्बाभन्दा मेसी अघि देखिएका छन् टर्किस एयरलाइन्सको नयाँ विज्ञापनमा। टर्किस एयरलाइन्सको नयाँ विज्ञापनमा मेसीलाई जित्न ड्रोग्बा नेपाल, जापान र साइबेरियादेखि साहारा मरुभुमी पुगेका देखाइएको छ । तर सो स्थानमा ड्रोग्बाअघि मेसी पुगेको र मेसीको अटोग्राफ भएको फोटो रेस्टुरेन्टको भित्तामा झुण्डिरहेको देखाइएको छ। ‘वाइडन योर बर्ल्ड’ शीर्षकको अन्तिम विज्ञापन दुवै विश्व प्रसिद्ध फुटबलरमाथि बनाइएको छ। विज्ञापन ५८ सेकेन्डको छ।
https://www.youtube.com/watch?v=BrI7VRfqgo4
टर्किस एयरलाइन्सले विज्ञापनसँग नयाँ प्रतियोगिता पनि शुरु गरेको छ। त्यसमा यात्रीले आफूलाई मन परेको खानाको फोटो अपलोड गरेर विज्ञापनमा देखाएको स्थानमा जाने पुरस्कार प्राप्त गर्ने छन्। टर्किस एयरलाइन्सले गत वर्षबाट इस्तानबुल-काठमाडौं सिधा उडान गर्दै आएको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो