म्याग्दी, साउन १३ गते । जिल्लाको पाउद्वार मावि शिख र हिमाञ्चल उच्च मावि नागीले चौँरीगाईको आलो रगत बेचेर एकै मौसममा रु तीन लाख आम्दानी गरेका छन् ।
शिख–६ स्थित खोप्रालेकमा साताव्यापी रुपमा सञ्चालन गरिएको रगत पिउने मेलाबाट ती विद्यालयले उक्त आम्दानी गरेका हुन् ।
शिख र राम्चे गाविसमा पर्ने यी दुई विद्यालय सञ्चालनका लागि वर्षको दुईपटक संयुक्त चौँरीपालन समितिमार्फत रगत पिउने मेला सञ्चालन हुँदै आएको छ । यसवर्षको पहिलो मौसममा व्यवस्थापन खर्च कटाएर रु तीन लाख १२ हजार आम्दानी भएको समितिका अध्यक्ष रुद्र मगरले जानकारी दिनुभयो ।
सरकारले विद्यालय सञ्चालनका लागि दरबन्दी उपलब्ध नगराएपछि हिमाञ्चल उच्च मावि नागी र पाउद्वार मावि पाउद्वार सञ्चालनार्थ समाजसेवी महावीर पुनको पहलमा २०५३ सालदेखि यस्तो विकल्प अपनाइएको हो । यसपटक ५५० जनाले रगत पिएको समितिका अध्यक्ष मगरले जानकारी दिनुभयो ।
समितिले खोप्रालेकमा २५० वटा चौँरी पालेका छन् । उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा, जटामसी, निरमसी र पाँचऔले जस्ता बहुमूल्य जडीबुटी खाएर बाँचेका चौँरीगाईको आलो रगत पिएमा ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नीसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फुर्ती बढ्ने जनविश्वासले हरेक वर्ष सर्वसाधारण चौँरीको रगत पिउन जाने गरेका छन् ।
प्रतिगिलास रु ८० का दरले रगत बिक्री हुने मेलामा हरेक वर्ष सर्वसाधारणको आकर्षण बढ्दै गएको र मेलाबाट भएको आम्दानीले विद्यालय सञ्चालन गर्न केही सहज भएको पाउद्वार मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तिलिजाले जानकारी दिनुभयो ।
यो मौसमको आम्दानीमध्ये व्यवस्थापन खर्च कटौती गरेर दुई विद्यालयलाई रु ८६÷८६ हजार बाँडिएको छ । त्यस्तै दुई जना चौँरी हेरालोलाई रु ७०÷७० हजार तलब उपलब्ध गराइएको संयुक्त चौँरीपालन समितिले जनाएको छ ।
साउन ७ देखि ११ गतेसम्म सञ्चालन भएको मेलामा रगत पिउन म्याग्दीका विभिन्न गाविसका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ, कास्की र धादिङबाट समेत सर्वसाधारण खोप्रालेक पुगेका थिए । विशेष प्रकारको छुराको सहयोगले चौँरीगाईको घाँटीबाट २० देखि २५ गिलासम्म रगत निकाल्ने र यसरी रगत निकाल्दा चौँरीगाईको स्वास्थ्यमा कुनै असर नपर्ने समितिका सचिव भीम पुनले बताउनुभयो ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी