
काठमाडौँ, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो दल विभाजनका क्रममा प्रयोग गरिएका केही कीर्ते दस्तखतको छानबिनको माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता गराएको छ ।
पार्टीका नेता सुशीलकुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिल विकास राजभण्डारी, सविनासिंह शाह र निरञ्जन थापासहित अदालत गएको प्रतिनिधिमण्डलले कीर्ते हस्ताक्षरलाई आधार बनाएर दल विभाजन गरिएकाले त्यसको खारेजीका लागि रिट दर्ता गराउनुभएको प्रवक्ता भूवन पाठकले जानकारी दिनुभयो ।
पार्टीका नेतालाई अन्य प्रयोजनका लागि गराइएको हस्ताक्षर दुरुपयोग गरी आवश्यक दस्तखत पुरयाउन ती हस्ताक्षर देखाएर दल विभाजन गरिएको पार्टीले जनाएको छ । गत साउन २२ गते सोही पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले दल विभाजनका लागि आवश्यक सङ्ख्या आफ्नो पक्षमा रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।
निर्वाचन आयोगले सो निवेदन प्राप्त गरेपछि पुनः दस्तखतका लागि दुईपटक समय तोकेको भएपनि अदालतको आदेशका कारण राणा समूहको राप्रपा (प्रजातान्त्रिक) लाई दर्ता गरेको थियो ।
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो